Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उपस्थित कार्यक्रममा के भने चिनियाँ उपराष्ट्रपति हान चेङले ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

शान्ति, विकास, सहकार्य र पारस्परिक लाभको प्रवृत्ति अपरिहार्य

काठमाडौं । चिनियाँ उपराष्ट्रपति हान चेङले विश्वमा देखिएका जटिल चुनौतीका बाबजुद शान्ति, विकास, सहकार्य र पारस्परिक लाभको प्रवृत्ति अपरिहार्य रहेको बताएका छन्।
चीनको राजधानी बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हानले विश्व बहुध्रुवीयतातर्फ अघि बढ्ने र आर्थिक भूमण्डलीकरणको सामान्य प्रवृत्तिलाई उल्टाउन नसकिने धारणा व्यक्त गरेका छन्।

झण्डै एक सय मुलुक, क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा उनले विश्वका सबै देशका नागरिकमा विकास र सुरक्षाको चाहना झन् बलियो बन्दै गएकाले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको आवाज पनि बढ्दै गएको बताए।
उपराष्ट्रपति हानले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित उद्देश्य तथा सिद्धान्तको पालना गर्न, वास्तविक बहुपक्षीयताको संरक्षण गर्न तथा संवाद र परामर्शमार्फत मतभेद र विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, हरेक मुलुकले आफ्ना नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने तथा प्रविधिको लाभ मानवजातिले पाउने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
जिम्मेवार प्रमुख राष्ट्र तथा विश्वकै सबैभन्दा ठूलो विकासशील देशका रूपमा चीनले आफ्नो विकासलाई मानव विकासको समग्र सन्दर्भमा हेर्दै आएको उनले बताए। चिनियाँ आधुनिकीकरणमार्फत विश्व शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले योगदान दिइरहेको उनको भनाइ छ।

हानले स्थापनाको २० वर्षमा बेइजिङ स्याङसान फोरमले सुरक्षा क्षेत्रमा साझा धारणा निर्माण, रक्षा सहकार्य प्रवर्धन तथा क्षेत्रीय शान्ति र स्थिरताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
फोरममा सहभागी प्रतिनिधिहरूले विभिन्न विषयमा गहन छलफल गर्दै अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यलाई अघि बढाउन तथा विश्व शान्ति र स्थिरताको संरक्षणमा थप योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नेपालबाट प्रधान सेनापति अशोकराज सिग्देल सहभागी छन्। उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति चीन गएका थिए।

स्रोत : सिसिटिभी प्लस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan