Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

वीरगञ्ज (पर्सा), १ असोजः जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ । 

    उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, सो स्थानमा पुग्न लाग्ने समय उपलब्ध छ । यस्तै, खाना नास्ता तथा बसोबासका लागि उपलब्ध होटल पनि क्युआर प्रणालीमा हेर्ने सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । 

    रेष्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगञ्जदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ । प्रहरीले उक्त क्युआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan