Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटनमन्त्री पौडेल र सचिव निरौलाबीच कार्यसम्पादन सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

काठमाडौँ, ३१ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ र सचिव मुकुन्दप्रसाद निरौलाबीच वार्षिक कार्यसम्पादन करार सम्झौता भएको छ ।

    सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेल र सचिव निरौलाबीच कार्यसम्पादन सम्झौता भएको हो ।

    मन्त्रालयका नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी एवम् समयबद्ध कार्यान्वयन, निर्धारित लक्ष्य हासिल गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी र जवाफदेही बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

    यस्तै, सचिव निरौलासँग मन्त्रालय मातहतका महाशाखा तथा विभागका प्रमुख र मन्त्रालय मातहतका विभिन्न निकायका कार्यकारी प्रमुखले आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

    कार्यसम्पादन सम्झौताले मन्त्रालय तथा मातहतका निकायबीच समन्वय, उत्तरदायित्व र परिणाममुखी कार्यसम्पादनलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

    सम्झौतामार्फत निर्धारित नीति, कार्यक्रम तथा लक्ष्यको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा मन्त्रालयको कार्यसम्पादनलाई थप जवाफदेही बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan