Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुवाको मुख हेर्ने दिनमा भावनाको मिठो उपहार : ‘बाबा पनि आमै हुन्, आमा पनि बाबै हुन्’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |
newsabhiyan

काठमाडौं । यस वर्षको बुवाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा नेपाली सङ्गीतप्रेमीका लागि एउटा भावपूर्ण गीत सार्वजनिक भएको छ—‘बाबा पनि आमै हुन्, आमा पनि बाबै हुन्’।

नेपाली सङ्गीतका मूर्धन्य सङ्गीतकार शम्भुजीत बासकोटाको सङ्गीत, गीतकार नारायण खतिवडाको शब्द तथा लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको यस गीतले बुवाको निःस्वार्थ प्रेम, त्याग, समर्पण र सन्तानप्रतिको जिम्मेवारीलाई मार्मिक ढङ्गले उजागर गरेको छ।

गीतको शीर्षकमा रहेको ‘बाबा पनि आमै हुन्, आमा पनि बाबै हुन्’ भन्ने भावले परम्परागत रूपमा आमा र बुवालाई छुट्टाछुट्टै भूमिकामा हेर्ने सोचभन्दा माथि उठेर सन्तानको जीवनमा दुवैको समान र अपरिहार्य योगदानलाई प्रस्तुत गरेको छ।

सन्तानका लागि आमा माया, ममता र त्यागको प्रतीक हुन् भने बुवा संघर्ष, सुरक्षा र जिम्मेवारीको प्रतीकका रूपमा चित्रित हुँदै आएका छन्। तर वास्तविक जीवनमा यी भूमिका सीमित र विभाजित हुँदैनन्। सन्तानको भविष्यका लागि आमा र बुवा दुवैले आफ्नो रहर, इच्छा र सुखसमेत त्यागिरहेका हुन्छन्। यही साझा अनुभूति गीतले आत्मसात् गरेको छ।

गीतमा बुवाको मुख हेर्ने दिनलाई केवल औपचारिक रूपमा मनाउने पर्वका रूपमा नभई आमाबुवाको योगदान, त्याग र प्रेम सम्झने अवसरका रूपमा लिनुपर्ने सन्देशसमेत अन्तर्निहित छ।

‘Shhambhujeet7 Notes’ बाट सार्वजनिक गरिएको उक्त गीतले पछिल्लो समय नेपाली गीत–सङ्गीतमा बढ्दै गएको अत्यधिक व्यावसायिक प्रवृत्तिबीच पारिवारिक मूल्य, सामाजिक चेतना र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ।

सङ्गीत मनोरञ्जनको साधन मात्रै होइन, समाजलाई संवेदनशील बनाउने र मानवीय सम्बन्धलाई अझ गहिरो बनाउने प्रभावकारी माध्यम पनि हो। यही अर्थमा ‘बाबा पनि आमै हुन्, आमा पनि बाबै हुन्’ जस्तो सन्देशमूलक सिर्जनाले बुवाको मुख हेर्ने दिनको अवसरलाई थप अर्थपूर्ण बनाएको छ।

सन्तानको सुखका लागि आफ्नो जीवनका असंख्य इच्छा र रहरहरूलाई पछाडि पार्दै निरन्तर संघर्ष गर्ने प्रत्येक बुवाप्रति यो गीत समर्पित देखिन्छ।

बुवाको मुख हेर्ने दिनको पावन अवसरमा आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि जीवन समर्पण गर्ने सम्पूर्ण बुवाहरूप्रति न्यूज अभियान परिवार हार्दिक नमन तथा उच्च सम्मान व्यक्त गर्दछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan