Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः राहत सामग्री ढुवानीमा निगमको छुट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २५ बिहीबार |

काठमाडौँ, २४ भदौः नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्न शुल्क एक महिनाका लागि छुट दिने भएको छ । 

    निगमले आज जारी गरेको प्रेस विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त निर्णय गरेको स्पष्ट पारेको छ ।

    निगमका अनुसार अन्तरराष्ट्रिय स्टेसनबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छुट हुनेछ । यसबाट विदेशमा रहेका नेपाली, विभिन्न सङ्घसंस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा उक्त शुल्क छुट लागू हुने निगमले जनाएको छ ।

    विपद्को समयमा मानवीय सहयोगलाई सहज, प्रभावकारी र शीघ्र बनाउन निगमको निर्णयले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । विभिन्न मुलुक तथा सङ्घसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पु¥याउन उक्त सहुलियतले सहयोग पुग्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan