Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |

काठमाडौँ, २६ भदौः मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

 आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् ।

उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

आव २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु. ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो ।

राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan