Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)

मकवानपुर, ३१ भदौः बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ ।

    सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उहाँको विश्वास छ । “उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा राखेका छौँ,” उहाँले भन्नुभयो ।

    बागमती प्रदेशमा ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत हाल १७ अस्पताल सूचीकृत रहेका छन् । मन्त्री तामाङका अनुसार प्रदेश सरकारले सूचीकृत अस्पतालमार्फत लक्षित बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan