Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |

काठमाडौँ, ३१ भदौः नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । 

    नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।   
 
    समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल  बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan