Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्याली पब्लिक र फेरिल्यान्ड सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
newsabhiyan

काठमाडौं भदौ ३१ गते । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्डलाई ४६–२८ ले पराजित ग¥यो । भ्याली पब्लिककी सोनीमाया तामाङले १६ अंक जोडिन् । फेरिल्यान्डले केभीकेएसएसले ३७–२५ ले हरायो । 

फेरिल्यान्डकी सन्दिपा राईले ९ स्कोर गरिन् ।
सिनियर गल्र्समै न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–१५ तथा तेजस्वी एकेडेमीले जेबी स्कुललाई ३५–२४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । न्युटनकी इरेनी राणाले १६ तेजस्वीकी निशा पण्डिले १२ अंक बटुले ।

सिनियर ब्वाइजमा मार्वलसले टीआईएलाइै ६७–४७, लालीगुराँस नेसनल एकेडेमीले किङडमलाई ५६–४०, पारामाउन्ट एकेडेमीले बीएनएलाई ३१–२५, न्युटनले भद्रकालीलाई ४८–२२, भ्याली पब्लिकले जेबीलाई ५८–४० र बीएमसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५६–३६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । 

मार्वलसका सिनेप शाहीले १७, लालीगुराँसका प्राण मल्लले १९, पारामाउन्टका सविन तामाङले ११, न्युटनका सविन राईले ८, भ्याली पब्लिकका अशोक विकले १७ र बीएमसीएका विमल गुरुङले २९ अंक जोडे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan