Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य टोली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |

चितवन, ३१ भदौः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा  चिकित्सक टोली  पठाएको छ ।

अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिने छ । टोलीको नेतृत्व गर्नुभएका डा वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनलर मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विशेषज्ञ रहनुभएको छ । टोलीले भिडियो एक्सरे, युरिनरी आर÷ई, पिएफटी, ल्याब परीक्षणलगायतका सेवा दिने छ । परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइने छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिएमा थप चिकित्सक टोली पठाइने बताउनुभयो । अहिले गएको टोलीले पाँच दिन काम गर्ने छ । अवस्था हेरेर अर्को टोली वा सोही टोली थप समयसम्म बस्न सक्छ । 

उहाँले भन्नुभयो, “बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हाँै ।” सरकारी निकायसँग समन्वय गरेर आवश्यक ठाउँमा सेवा दिइने उहाँको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan