Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०औँ एसियाली खेलकुदः टेबलटेनिसमा इभाना–रुवीनको जोडी विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ असोजः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको मिक्स  डबल्सतर्फ नेपालका इभाना थापा र रुवीन महर्जनको जोडी विजयी भएको छ । 

    जापानको स्काइ हल टोयोटामा आज भएको पहिलो चरणको खेलमा इभाना र रुवीनले पाकिस्तानका मुहम्मद खान र कल्सुम खानको जोडीलाई ३–० ले पराजित गरे । नेपालले पहिलो सेट ११–६ अङ्क, दोस्रो सेट ११–८ अङ्कले तथा तेस्रो सेट ११–४ अङ्कले जितेको हो । इभाना र रुवीनको जोडीले बुधबार हङकङका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छ ।

    सोही स्पर्धामा नेपालका संयोग कपाली र नविता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरियो । मङ्गोलियाका अन्खबायर बिल्गुन र सेर ओड अन्खमाको जोडीसँग कपाली र श्रेष्ठको जोडी ३–१ पराजित भएको हो । नेपालले सुरुआती सेट ११–२ अङ्कले जितेको थियो । त्यसपछि मङ्गोलियाले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । मङ्गोलियाले  दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६–११, ६–११ र ९–११ अङ्कले जित्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan