Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ असोजः जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ । 

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो । 

खेलको पहिलो हाफमा थाइल्यान्डसँग नेपाल २४–१५ ले पछि परेको थियो । 

त्यस्तै खेलको  दोस्रो हाफमा त्यसमा सुधार गर्दै नेपालले थाइल्यान्डमाथि ३१–१९ ले खेल आफनो पक्षमा पा¥यो । त्यससँगै नेपालले थाइल्यान्डमाथि समग्रमा ४६–४३ अङ्कले जित्न आफनो पक्षमा ल्याउन सफल भयो ।

एसियाली खेलकुदमा आशा गरिएको खेलबाट सोचेअनुसारको नतिजा नआइरहेका बेला महिला कबड्डीको उक्त जित भने नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

अघिल्लो १९ औँ संस्करणको एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाएको थियो । जारी प्रतियोगितामा नेपाल बी समूहमा छ ।

नेपालको समुहमा थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन् । लिग चरणमा नेपालले अब श्रीलङ्का र चाइनिज ताइपेसँग खेल्नेछ । 

त्यस्तै समूह ए मा भने इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan