Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

पेसएक्स स्पोट्र्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित ग¥यो।

उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो ।  याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।

व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।  

विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पेसएक्स स्पोट्र्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णलगायतले पुरस्कृत गरे । प्रतियोगितामा कुल १२ टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan