Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौँ, ४ असोजः नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आज साँझ पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन÷जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
 
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan