Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौँ, ५ असोजः उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् । 

जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उहाँले सो उपाधि हासिल गर्नुभएको हो । 

सुस्मिताले ९.५८० अङ्क प्राप्त गर्दै तेह्रौँ स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासङ्घले जनाएको छ । 

यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अङ्कसहित स्वर्ण जित्नुभयो । त्यसैगरी मकाउकी, चो मानले ९.७१० अङ्क प्राप्त गर्दै रजत पदक हात पारिन भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अङ्कसहित कास्य पदक जीतिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan