Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अङ्कले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ । 

फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८२ दशमलव ९९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले  बढेर १६० मा पुगेको छ । 

आज विभिन्न कम्पनीका दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर रु सात अर्ब पाँच करोड तीन लाख ९८ हजार ६२४ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये सात उपसमूह बढ्यो भने छ उपसमूह घट्यो । एक सय ३८ कम्पनीको सेयर बढ्यो भने १३० कम्पनीको सेयर घट्यो । त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत् लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan