Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकद्वारा कैलालीका तीन विद्यालय र मकवानपुर जिल्लाको मामाघर नेपाल संस्थालाई सहयोग प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

काठमाडौं, ६ असोज । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला, टिकापुर नगरपालिका–९, झुङ्गास्थित श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित श्री भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको छ ।

हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा मिति २०८३ आश्विन ०५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका धनगढी सर्कल हेड श्री दिपक विष्टज्यू र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक पतीराम चौधरीलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी, ११७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री प्रेम बहादुर चौधरीज्यूलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका धनगढी सर्कल हेड श्री दिपक विष्टज्यू र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका अध्यक्ष वीर बहादुर खड्कालाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

त्यस्तै बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधा सहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई  आश्विन २ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीले संयुक्त रुपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिल्वाललाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरु तथा आश्रमलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र आश्रममा आश्रितहरुको बसाई अझ सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan