Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

काठमाडौं, ६ असोज । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा हिजो ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ ।

साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । 

धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिन, विभिन्न उद्योग व्यवसायीहरुतथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan