Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | रासस

 म्याग्दी, १ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार रु ११ लाखभन्दा बढी सहयोग गरेको छ । 

    बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । 

    गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु दुई लाख, जनप्रतिनिधिको भदौ महिनाको मासिक सुविधाबाट रु दुई लाख १० हजार र कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट रु सात लाख ६७ हजार ६२६ बराबरको रकम कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan