Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा माछापुच्छ्रे दौड २०२६ आयोजना हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौं, ३ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा 'माछापुच्छ्रे दौड २०२६' आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ ।

माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो ।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

प्रतियोगिहरूले आफ्नो क्षमता र रुचिअनुसार ५ किलोमिटर, १२ किलोमिटर -कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् ।

इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com/events/machhapuchhre-daud-2026/register?category=5f60eac9-5fb2-4232-8080-63585df069d0 मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइनदर्ता गर्न सक्नेछन् ।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताकाबीच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले यस प्रतियोगितामा सहकार्य गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan