Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोज खाँदा देशै बिगारेजस्तो आलोचना ! महावीर पुनको व्यंग्य– ‘यो नै अन्तिम भोज हुने भयो यार !’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
newsabhiyan

काठमाडौं । साथीभाइसँग सामान्य भेटघाट र आत्मीयता साटासाट गर्न आयोजना गरिएको एउटा सानो भोजले यति ठूलो चर्चा र आलोचना खेप्नुपर्ला भन्ने सायद महावीर पुनले कल्पना गरेका थिएनन्। तर, भोज गरेको विषय सञ्चारमाध्यममा चर्चाको विषय बनेपछि पुनले व्यंग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

उनले अब यस्तो भोज नै आफ्नो जीवनको अन्तिम भोज हुने अवस्था आएको भन्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले जीवनमा पहिलोपटक केही साथीहरूसँग भेटघाट गर्ने र डेरामा सानो भोज गर्ने सल्लाह भएको बताएका छन्। तर, सामान्य भेटघाटका लागि गरिएको जमघटलाई लिएर भएको आलोचनाले आफूलाई अचम्मित बनाएको उनको आशय छ।

पुनका अनुसार भोज आफ्नै डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको थियो। त्यसका लागि उनले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा खरिद गर्न मात्रै खर्च गरेका थिए।

भोजका परिकार चित्र र लुकेश भाइले पकाएको तथा ह्विस्की, वाइन, कोदोको रक्सी र बियर भने साथीहरूले नै ल्याएको उनको स्पष्टीकरण छ।

तर, यही सामान्य जमघटलाई लिएर केही पत्रकार साथीहरूले आफूलाई देश नै बिगारेजस्तो गरी आलोचना गरेको भन्दै पुनले व्यंग्यात्मक असन्तुष्टि पोखेका छन्।

‘सत्य सत्य, धरोधर्म मैले ढाँटेको होइन। माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ,’ भन्दै उनले आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

उनको व्यंग्यको निशाना भोजमा सहभागी हुनु वा भोज गर्नु आफैँमा गलत हो भन्नेभन्दा पनि सामान्य व्यक्तिगत जमघटलाई लिएर गरिएको अतिरञ्जित आलोचनातर्फ केन्द्रित देखिन्छ।

‘यो नै अन्तिम भोज हुने भयो यार !’ भन्ने उनको अभिव्यक्तिले भोजभन्दा बढी भोजको चर्चाले पैदा गरेको असहजता र सार्वजनिक आलोचनाप्रतिको असन्तुष्टि उजागर गरेको छ।

सामाजिक जीवनमा साथीभाइसँग भेटघाट र खानपिन गर्नु सामान्य विषय हो। तर, सार्वजनिक व्यक्तित्वका सामान्य गतिविधिसमेत सार्वजनिक चासो र आलोचनाको विषय बन्ने नेपाली समाजको प्रवृत्तिमाथि पुनको व्यंग्यले नयाँ बहस जन्माएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan