Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ : अमर्यादित, छाडा तथा अराजक गतिविधि गर्नेलाई कडा कारबाही होस्।

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
newsabhiyan

काठमाडौं । सार्वजनिक स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

उनीहरूले रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार उनीहरूलाई बुधबार राति करिब १२:०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट पक्राउ गरिएको हो।

नेपाली मौलिक संस्कृति र सामाजिक मर्यादाको संरक्षण सबैको साझा जिम्मेवारी हो।

देउसी–भैलोजस्तो सांस्कृतिक पर्वको नाममा हुने अमर्यादित गतिविधिमाथि कानुनबमोजिम निष्पक्ष अनुसन्धान र आवश्यक कारबाही हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan