काठमाडौ ल्याइदै गरेको ११ लाख ५९ हजार रुपैयाँभन्दा बढीको काजु सशस्त्र प्रहरी द्वारा बरामद
काठमाडौं, ३ मंसिर । किर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ।
मंसिर ३ गते काठमाडौं कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट उक्त काजु बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलिले बाराबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (ईभी) चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको उक्त केजी काजु फेला पारेको थियो।
बिरगंज महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई काजु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।


