Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसिया रोजगारी ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौं, ३ मंसिर ।  मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिनुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको जनाएको छ ।

प्रहरीको उच्च स्रोतका अनुसार उहाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर, अर्याल भने हाल फरार रहनुभएको छ ।

प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उहाँ सम्पर्कविहीन हुनुभएको स्रोतको दाबी छ ।

यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय रहनुभएको छ ।

त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ पर्नुभएको छ ।

मलेसिया रोजगारीका नाममा श्रमिकमाथि भएको ठगी प्रकरणमा सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan