Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग गर्दै निर्वाचन आयोग पुग्यो स्वतन्त्र नागरिक अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौं, ३ मंसिर । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ। अभियानले स्थानीय निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीलाइ कार्यालमै पुगेर अभियानका संयोजक ऋषि धमलाको नेतृत्वले ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राख्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको अभियानले जनाएको छ।

ज्ञापनपत्रमा स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा तथा बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासन र सेवा प्रवाह प्रभावित भएको उल्लेख छ।

अभियानले राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र निर्वाचन चिह्न प्रयोग गर्ने व्यवस्था मिलाउन तथा गैरदलीय निर्वाचनका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गर्न आयोगसँग आग्रह गरेको छ।

त्यस्तै, निर्वाचन प्रणाली सुधारसम्बन्धी छलफल र नीतिगत बहसमा नागरिक अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न तथा आवश्यक कानुनी र प्रशासनिक तयारीपछि आगामी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरिएको छ।

नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्थानीय स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वको आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय तहलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ ।

अभियानका संयोजक धमलाले केही महिनादेखि नै देशका विभिन्न स्थानमा पुगेर आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट हुनुपर्ने धारणा राख्दै आएका थिए। उनले स्थानीय तहको नेतृत्व सक्षम, योग्य र इमानदार व्यक्तिलाई सुम्पिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan