सुनचाँदीको मूल्य घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
काठमाडौँ, २ मङ्सिरः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।


