Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंकको डिजिटल नवप्रवर्तनमा अर्को पहल : घरमै बसी कर्जा आवेदनको अवस्था हेर्न सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

काठमाडौं, १ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking” सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

ग्राहक सेवातथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर Digital Transformation तथा Continuous Innovation मार्फत आफ्ना सेवा, प्रक्रिया र ग्राहक अनुभवलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सो को निरन्तरता स्वरुप यो नवीन सेवा सार्वजनिक गरिएको हो ।

यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के–के छन् भन्ने जानकारी जुनसुकै समयर स्थानबाट प्राप्त गर्न सक्नेछन् । य

सका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथा Loan Application Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सक्नेछन् ।

कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले शाखा कार्यालयमा उपस्थित हुने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थालाई, यस सेवाको सुरुवातसँगैे उक्त जानकारी आफै डिजिटल रूपमा अनुगमन गर्न सक्ने भएका छन् ।

यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता, सूचनामा सहज पहुँच तथा ग्राहक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई सो सम्बन्धी जानकारी SMS Notification मार्फत समेत तत्काल उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले विगतका केही वर्षदेखि प्रविधिमा आधारित सेवा विस्तारलाई आफ्नो रणनीतिक प्राथमिकताको रूपमा लिदै आएको छ ।

ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास तथा आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै बैंकले आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, डेटा–आधारित, छिटो र ग्राहक केन्द्रित बनाउँदै लगिरहेको छ ।

बैंकको मूलमन्त्र “जनता बैंकमाहोइन, बैंक जनतामा जानु पर्छ” लाई व्यवहारमा रूपान्तरण गर्दै डिजिटल माध्यमको अधिकतम उपयोग गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

Loan Application Tracking सेवा पनि यही डिजिटल यात्राको एक महत्वपूर्ण उपलब्धि हो, जसले ग्राहकलाई “Right Information at the Right Time”  उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।

आगामी दिनमा समेत बैंकले अत्याधुनिक प्रविधिको उपयोगमार्फत आफ्ना सेवा तथा प्रक्रियाहरूलाई अझ सशक्त, सहज, पारदर्शी तथा ग्राहकमैत्री बनाउँदै नयाँ डिजिटल सेवा तथा सुविधाहरूको विकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan