Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १ मङ्सिरः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ ।  

चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशतअर्थात् रु तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको सात दशमलव ५३ प्रतिशतअर्थात् रु ३२ अर्ब ४४ करोड ८६ लाख खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७ दशमलव ७६ प्रतिशतअर्थात् रु एक खर्ब १७ अर्ब ३२ करोड खर्च भएको छ ।

सरकारले यस वर्ष रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३ दशमलव ३९ प्रतिशतअर्थात् रु तीन खर्ब ८४ अर्ब सात करोड बराबर प्राप्ति गरेको छ ।

कूल रु १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३ दशमलव ५८ प्रतिशतअर्थात् रु तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठेको छ ।

वैदेशिक अनुदानतर्फ यस वर्ष रु ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४ दशमलव पाँच प्रतिशतअर्थात् रु आठ अर्ब ६७ करोड ३५ लाख बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan