Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार |

सुनसरी, २४ कात्तिकः बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् ।

    वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । सैँतीस अङ्क प्राप्त गरी उपाधि जितेका उनले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगितामा मधुवनका भरत भुजेल ३३ अङ्क प्राप्त गरी दोस्रो भए । उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी चतराका मोहन भुजेल ३२ अङ्कसहित तेस्रो भइ रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका चतरा हाइकिङ समूहका संस्थापक नवराज विष्टले जानकारी दिए ।

    विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नं ८ का अध्यक्ष रोशन खड्का, प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए ।

    कार्यक्रममा राज्यमन्त्री परियारले कोशी नदी किनारमा वर्षौंदेखि अनौपचारिक रूपमा खेलिँदै आएको मनोरञ्जनात्मक खेललाई प्रतियोगिताका रूपमा आयोजना गरिएकामा खुसी व्यक्त गरिन् । उनले यस खेललाई संस्थागत रूपमा विकास गर्दै अघि बढाउन आयोजकलाई सुझाव दिइन् । 

    लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए । कोशी पन्छी समाजको सहकार्य तथा स्थानीय हाम्रो एकता क्लब मधुवनको सहआयोजनामा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्द्धन’ नाराका साथ विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan