Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल: आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |

काठमाडौँ, २३ कात्तिक: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार आज हुने पहिलो खेल मध्याह्न १२:३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५:०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ ।

    यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । ‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ । 

    छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।

    उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan