Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनद्वारा युरोपेली सङ्घसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस\सिन्ह्वा)

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताउनुभएको छ । उहाँले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राख्नुभएको हो ।

    चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका वाङले ईयूको प्रमुख सदस्य राष्ट्रका रूपमा फ्रान्सले चीन र ईयूबीच सन्तुलित व्यापार सम्बन्ध विकास गर्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan