Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैनः उपसभापति भुसाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)

अर्घाखाँची, ६ असोजः नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताउनुभएको छ । 

    उपसभापति भुसालले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्ने बताउनुभयो । रिपोटर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले आज  सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन ।” 

    पार्टीको १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्ने उल्लेख गर्दै उपसभापति भुसालले आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्या समाधान गर्दै सङ्गठनलाई बलियो बनाउनु र पार्टीलाई जनताको पार्टीका रूपमा पुनःस्थापित गर्नु रहेको उहाँको भनाइ थियो । 

    पन्ध्रौँ महाधिवेशनको प्रमुख कार्ययोजना नै अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिनु रहेको उपसभापति भुसालले बताउनुभयो । उहाँले कांग्रेसलाई आन्तरिक रूपमा बलियो बनाएर लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र मुलुकको विकासका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan