Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाठशाला–नमुना संसद्मा विद्यार्थीको रोचक प्रस्तुति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | रासस

काठमाडौँ, ५ असोजः प्रतिनिधिसभाको संरचनालाई झल्काउने गरी ‘पाठशाला प्रि–युनी कार्यक्रम’ले आयोजना गरेको तीनदिने पाठशाला नमुना संसद्मा विद्यार्थीले संसदीय गतिविधि, समिति अभ्यास र विधायकी प्रक्रियाको अनुकरण गरेका छन् ।

    कक्षा ९ र १० का ३०९ विद्यार्थी सहभागी कार्यक्रममा प्रत्यक्षतर्फका १६५ र समानुपातिकतर्फका ११० सांसदको भूमिकामा विद्यार्थीलाई प्रस्तुत गरिएको थियो ।
 
    नमुना संसद्मा अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समिति गठन गरिएको थियो । 

    यस्तै, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी गरी १० वटा समिति चयन गरी अभ्यास गराइएको थियो ।
 
    प्रत्येक समितिमा सभापति, सचिवलगायतका जिम्मेवारी विद्यार्थीलाई प्रदान गरिएको थियो । आयोजक समिति, मर्यादापालक तथा मन्त्रीमण्डलमा विद्यार्थीको सहभागिता थियो ।

    नमुना संसद्को सभामुखको भूमिका आभा शङ्कर र उपसभामुखको भूमिका नमन खरेलले निर्वाह गरेका थिए भने १७ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्रीको भूमिका हर्षित सुनिल खेतान, अर्थमन्त्रीमा अर्चितराज शर्मा र गृहमन्त्रीमा युगसा हुमागाईं रहेका थिए ।

    त्रि–दिवसीय कार्यक्रममा संविधान दिवसका अवसरमा नमुना राष्ट्रपति सारिका कार्कीले नमुना संसद्लाई सम्बोधन गरेकी थिइन् । कार्यक्रम समापन समारोहमा प्रतिनिधिभाका पूर्वसभामुख देवराज घिमिरे, सांसद डा तोसिमा कार्की र सिर्जना श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । घिमिरे र कार्कीले विद्यार्थीले प्रदर्शन गरेको संसदीय अभ्यास, नेतृत्व क्षमता तथा राजनीतिक चेतनाको प्रशंसा गर्नुभएको थियो ।

    कार्यक्रम आरम्भको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र संविधानविद् डा भीमार्जुन आचार्य सहभागी भई नमुना संसद्को अवलोकनपछि विद्यार्थीको कार्यक्रममा उत्सव भुर्तेल र विनित खड्का स्रोत व्यक्तिका रूपमा हुनुहुन्थ्यो ।
 
    ‘सार्थक शिक्षा, सार्थक जीवन’ भन्ने पाठशाला नेपाल फाउन्डेसनको मूल नारालाई व्यवहारमै उतार्ने उद्देश्यले ‘नमुना संसद्–२०८३’ ले आयोजना गरिएको आयोजकले जनाएको छ ।

    संसदीय अभ्यास, नेतृत्व, संवाद, अनुसन्धान, तर्क तथा निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी हुँदै विद्यार्थीले सिकाइलाई जीवनोपयोगी बनाउँदै नमुना संसद् केबल कार्यक्रम नभई सार्थक शिक्षा र सार्थक जीवनबीचको सेतुका रूपमा स्थापित भएको पाठशाला विद्यालयले विश्वास दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan