Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मूर्तिकार कुमालेको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

ललितपुर, ६ असोजः वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी दिनुभयो । वरिष्ठ मूर्तिकार कुम्हाःले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन सङ्ग्राहलयमा प्रदर्शित छ । उहाँले निर्माण गर्नुभएको मूर्तिकला विश्वका ५५ भन्दा बढी राष्ट्रमा पुगेको छ ।  नेपालको मौलिक धातु मूर्तिकला र नेवारी शिल्पकलालाई विश्वभर चिनाउन उहाँको ठूलो योगदान छ । 

नेपालका विभिन्न सङ्ग्रहालय र मठमन्दिरमा समेत कुमालेका सिर्जना प्रदर्शित छन् । गत वर्ष पाटन सङ्ग्रहालय विकास समितिद्वारा उहाँलाई मूर्तिकलाका क्षेत्रबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियोे ।

स्वर्गीय कुमालेले आफ्नो पुख्र्यौली कुम्हाः (माटोका भाँडा बनाउने) पेसालाई परिमार्जन गर्दै धातुको मूर्तिकलामा रूपान्तरण गर्नुभएको थियो । उक्त सीप आफ्ना छोरा तथा नयाँ पुस्तालाई हस्तान्तरण गरी जीवित राख्नुभएको छ । यसैबीच, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वरिष्ठ मूर्तिकार कुमालेको निधनले मर्माहत बनाएको बताउनुभयो ।

महानगरपालिकाले उहाँको पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने प्रमुख महर्जनले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan