Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिनिधिसभा– विशेष समयः समसामयिक विषयमा ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ असोजः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले रसुवाबाढीपछि उद्धार तथा राहत वितरणको चरण करिब समाप्त भएकाले अब पुनःस्थापना र पुनःनिर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
 
विशेष समयमा भाग लिनुहुने सांसदहरूले बाढी प्रभावित क्षेत्रमा यथासक्य छिटो सडक सञ्जाल निर्माण गरी आवतजावतसहित अत्यवश्यक सामग्री उपलब्ध गराउन र बाढीपीडित जनतालाई गाँस– बासको उचित व्यवस्थासहित जीविकोपार्जनको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद रचना खतिवडा खड्काले सुशासन र परिवर्तनको पक्षमा भएको ‘जेनजी’ आन्दोलनपछिको उपलब्धिलाई आत्मसाथ गर्न, सो आन्दोलनमा सहिद भएकालाई सम्मान गर्न र अनावश्यक तर्कसहित सहिद परिवारलाई थप दुःखी नबनाउन अनुरोध गर्नुभयो ।
 
सांसद सीता थपलियाले पछिल्ला दिनमा हाम्रा ‘युवा’ मा चरम निरासासहित असन्तुष्टि देखिएकाले त्यसतर्फ राज्यसंयन्त्रको ध्यान नगए मुलुक अप्ठ्यारोमा पर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले धनकुटामा ‘बाँदर आतङ्क’ भएको भनी पटकपटक आवाज उठाउँदा पनि सुनुवाइ नभएकामा असन्तोष व्यक्त गर्नुभयो ।
 
सांसद भीमकुमारी बुढामगरले सरकार गठन भएको करिब छ महिना बितिसक्दा पनि जेनजी आन्दोलनको भावना, सहिदको सपना र आमजनताको अपेक्षा पूरा नभएको आरोप लगाउनुभयो ।

सांसद धु्रवराज राईले रसुवा बाढीमा परी जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै बाढी प्रभावितको व्यवस्थापनलाई उच्च प्राथमिकता दिन सरकारसँग अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan