Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मैथिली भाषामा ‘सम्पूर्ण महाभारत’ सार्वजनिक हुँदै, पुल्चोकमा विशेष समारोह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

काठमाडौं, ६ असोज । साहित्य, संस्कृति तथा अध्यात्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित मैथिली भाषामा तयार पारिएको ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ पुस्तक विशेष समारोहबीच सार्वजनिक हुने भएको छ।

लेखिका अर्चना झाद्वारा रचित उक्त कृतिको विमोचन आगामी २०८३ असोज ९ गते शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको लाइब्रेरी हलमा हुने आयोजकले जनाएको छ।

दिउँसो १२ बजे आयोजना हुने कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

धार्मिक अभियन्ता विजय कृष्णमूर्ति महाराजको आयोजनामा तथा श्री मानवसेवा फाउन्डेसन, नेपालको संयोजनमा कार्यक्रम हुन लागेको हो।

मैथिली भाषामा महाभारतको गद्यरूप प्रस्तुत गरिएको यस कृतिले धार्मिक तथा आध्यात्मिक विषयसँगै मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ।

महाभारत दक्षिण एसियाली सभ्यताको महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा दार्शनिक ग्रन्थका रूपमा परिचित छ।

त्यसलाई मैथिली भाषाको गद्य शैलीमा प्रस्तुत गर्ने प्रयासले मैथिलीभाषी समुदायमा यसको अध्ययन तथा पहुँच विस्तार गर्ने विश्वास आयोजकको छ।

कार्यक्रममा साहित्य, संस्कृति, धर्म तथा अध्यात्म क्षेत्रका व्यक्तित्व, लेखक, साहित्यकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहने जनाइएको छ।

आयोजकले कार्यक्रममा सहभागी भई कृतिको विमोचन समारोहलाई सफल बनाउन तथा साहित्य र संस्कृतिसँग सम्बन्धित यस महत्वपूर्ण अवसरको समाचार सम्प्रेषण एवं मिडिया कभरेज गरिदिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan