Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनको ओडेसामा रुसी आक्रमण, चार जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस/एएफपी)

युक्रेनको दक्षिणी सहर ओडेसाको ऐतिहासिक केन्द्रमा बुधबार रुसले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा रुसी सेनाले तीन पटक हवाई हमला गरेको क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
युद्ध सुरु भएयता रुसी सेनाले यहाँका बन्दरगाह पूर्वाधार र मालवाहक पानीजहाजलाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएको छ ।

रुसले युक्रेनको समुद्री मार्गबाट हुने कृषि उत्पादन निर्यातलाई कमजोर बनाउने उद्देश्यले दक्षिणी बन्दरगाहमा आक्रमण गर्दै आएको बताइएको छ ।
यसैबीच, युक्रेनले पनि रुसी आक्रमणको जवाफमा प्रत्याक्रमण तीव्र बनाएको छ । पछिल्लो समय युक्रेनी आक्रमणबाट रुसलाई क्रिमिया प्रायद्वीपसँग जोड्ने महत्वपूर्ण पुलमा क्षति पुगेको थियो ।
युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले रुसी आक्रमणको जवाफ दस गुणा शक्तिशाली हुने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan