विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौँ, २ मङ्सिरः जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको ठोरी गाउँपलिकास्थित जलस्रोतको पुनर्भरण÷भण्डारण कार्यको निर्माण तथा मर्मत सम्भार कार्यको भुक्तानी दिएबापत रु तीन लाख ४५ हजार घुस लिएको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार उक्त कार्यालयका अधिकृत छैटौँ प्राविधिकद्वय गजेन्द्रप्रसाद जयसवाल र विकी यादवले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु तीन लाख ४५ हजार घुस मागेको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानलेले आर्थिक वर्ष २०८२÷८३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारसम्बन्धी उक्त योजना सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिएको भन्दै आरोपपत्र दायर गरेको बताउनुभयो ।
आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु तीन लाख ४५ हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।


