Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस)

काठमाडौँ २ मङ्सिरः शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो ।

    विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै यो अभियानको मुख्य लक्ष्य हो । ‘विकेन्द्रीकरण नियम २०५५’लाई समयानुकूल अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सामेल नभएका क्याम्पसलाई समेट्ने त्रिविको तयारी छ ।

    यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसले शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अधिकारको प्रयोगमा मात्र बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ । आफूअनुकूल आर्थिक निर्णय गर्दा विश्वविद्यालयमा बेरुजुको चाङ बढेको भन्दै अब आर्थिक पाटोसँगै शैक्षिक सुधारलाई अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताउनुभयो ।

    प्रचलित विकेन्द्रीकरण नियमले अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसलाई अनुदान दिनुका साथै नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र सामान्य कारबाही गर्नेसम्मको स्वायत्त अधिकार दिएको छ । यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्ने बाटो पनि नियमले खुला राखेको छ ।

    आर्थिक व्यवस्थापनतर्फ, सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत हिस्सा विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने प्रावधान छ । बाँकी ७० प्रतिशत रकम भने आफ्नै छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ ।

    त्रिविको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म आठ क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरिसकेका छन् । त्यसैगरी, सात अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा गइसकेका छन् भने अब जम्मा १२ क्याम्पस मात्र यस प्रक्रियामा जोडिन बाँकी छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan