Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दानबहादुर कार्कीले पाएनन् अन्तरिम आदेश, कारण देखाऊ र अन्तरिमबारे छलफल गर्न आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाउन सकेनन्।

सर्वोच्च अदालतले कार्कीले दायर गरेको रिटमा तत्काल अन्तरिम आदेश जारी नगरी विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेश दिएको छ।

सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पदबाट हटाउने निर्णय बदर गरी पुनः महानिरीक्षक पदमा बहाल गराउन माग गरेका थिए।

अदालतले तत्काल मागअनुसार अन्तरिम आदेश जारी नगरे पनि विपक्षीबाट लिखित जवाफ माग गर्दै अन्तरिम आदेशको विषयमा छलफल गर्न बाटो खुलाएको हो।

अब अदालतमा हुने छलफलपछि कार्कीलाई पदमा पुनर्बहाली गर्ने वा नगर्ने विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan