Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

बागमती, २ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९मिटर)को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भू–बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय  छ ।”
 
राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई÷मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्गको निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुन्छ, त्यसबाट इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुनेछ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सेना दृढ रहेको पाएको छु  ।”

आयोजनाको महत्व केबल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभएको जनाउँदै उहाँले  राजधानी काठमाडौँ र तराई÷मधेसबीचको भौगोलिक दूरी घटाउने तथा सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “पर्यटन प्रर्वद्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा छ, आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।”

उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल  लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan