जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं, १ मंसिर : काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ४३ वर्षीय दिनेश राउत समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरताल बस्ने उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


