Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मुक्त कमैयाको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकतामा’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)

धनगढी, ६ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    आफ्नो समस्या समाधानको मागसहित आज मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । 

    मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवास लगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan