Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

काठमाडौँ, ५ असोजः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि मङ्गलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan