Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संस्था विहिन साहित्यिक कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

 काठमाडौँ, असोज ४ गते आइतबार, स्थानीय पाटन ढोकास्थित घाँसा थकाली रेस्टुरेन्टको पुस्तकालय कक्षमा उपत्यकामा रहेका साहित्यिक सर्जकहरूको विशुद्ध सिर्जना वाचन सम्पन्न भएको छ । सधैं कुनैन कुनै संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा यहाँ भने प्रत्येक सृजनशील मनहरूको मन मिली दुई दर्जन कविहरुको "कविता र चिया" भन्ने शीर्षकमा पृथक, प्रेमिलो र प्रगाढ रुमानी सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
                प्रगतिवादी लेखिका लक्ष्मी माली र वरिष्ठ साहित्यकार स्नेह सायमीको अभिभावकत्वमा सम्पन्न भएको सृजनशील साहित्यिक कार्यक्रममा उपत्यकाका ऊर्जावान क्रियाशील साहित्यकारहरू असीम सागर अमर बान्तु, राधिका कल्पित, चन्द्र मादेन आन्छन, श्याम सिंघक, मुक्तान फेवा, मनिषा गौचन, प्रज्वल अधिकारी, लक्ष्मी रुम्बा, केशव सिलवाल, चन्द्रवीर तुम्बापो, फुलमती, अर्जुन फुयाल, प्रकाश गुरागाई, अमरदीप सुनुवार आदि प्रत्येक कविहरुले आफ्नो सिर्जना सुनाई सबैको सिर्जनामा छोटो समीक्षात्मक टिप्पणी आआफ्नो तर्फबाट गरिएको थियो । 
                 देशभक्ति, क्रान्तिकारी, श्रृंगार रस, वीर रस, करुणा रस आदि वाचन गरिएको कार्यक्रममा आयोजक, आसन ग्रहण र भाषण ग्रहणबाट दिक्क लाग्दो कार्यक्रमले होला, यहाँ भने कविता वाचन गरिएको बेला एउटा सियो भुइँमा झर्दा पनि प्रष्टै सुनिन्थ्यो । भनेपछि कति शान्तिपूर्ण, गुलजार  सौहाद्व वातावरणमा भएको थिएछ, जो कोहिले अनुमान  लगाउन सक्दछ । यो एउटा साहित्यिक संस्था विहिन उदाहरणीय कार्यक्रम पनि मान्न सकिन्छ भनेर उपस्थित स्रष्टाहरूले चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan