Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

काठमाडौं, ५ असोज  : खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अखिल नेपाल फुटवल संघ सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर, ललितपुर महानगरपालिका-३ पुल्चोक घर भएका ६० वर्षीय रविन्द्र जोशी र सोही संघमा लेखा अधिकृत पदमा कार्यरत सोही महानगरपालिका-५ लगनखेल थसीखेल घर भएका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् प्रधान कार्यालय त्रिपुरेश्चर काठमाडौंको पत्र तथा वसन्त रिजालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan