Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस)
newsabhiyan

काठमाडौं, ५ असोज :  नेकपा (एमाले)को  केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।

केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गर्न केन्द्रीय सचिवालय बैठक आज विहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि  सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।  

निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan