आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
मोरङ, ४ असोज : रंगेली नगरपालिका-१ सरदा टोल बस्ने ४५ वर्षीय नरेश चौधरीले आफ्नै घरमा संचालन गरेको किराना पसलमा शनिबार राति आगलागी हुँदा करिब १० लाख ३९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
