Tuesday 22nd of September | २०८३ असोज ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ११ शव निकालियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार |

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

आश्विन ३ गते दिउँसो १२ः३० बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा रहेका ११ वटा शव फेला पारेको हो।

टोलीले आज ती सबै शवलाई टनेलबाट बाहिर निकालेर उद्धार कार्य अघि बढाएको जनाएको छ।
बाढीपछि उक्त क्षेत्रमा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकाय तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन हुँदै आएको छ।

टनेलभित्र थप व्यक्ति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan