Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |

समसामयिक विषयमा छलफल, आवश्यक निर्णय गरिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा समसामयिक विषय तथा सरकारका पछिल्ला कामकारबाहीबारे छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुनुका साथै आवश्यक निर्णयसमेत गरिने जनाइएको छ। सरकारका पछिल्ला गतिविधि, प्रशासनिक कामकारबाही तथा समसामयिक राष्ट्रिय विषय बैठकका एजेन्डामा पर्न सक्ने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयपछि सरकारका आगामी प्राथमिकता र कार्यदिशाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan